National life

धान चामल आयातमा १७ अर्ब ८२ करोडको वृद्धि, जेठ मसान्तसम्म ३८ अर्ब बढीको आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
449Shares
धान चामल आयातमा १७ अर्ब ८२ करोडको वृद्धि, जेठ मसान्तसम्म ३८ अर्ब बढीको आयात
ncell

काठमाडौँ। गत वर्षको तुलनामा मुलुकमा धान चामल आयात करिब १७ अर्ब ८२ करोड वृद्धि भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु ३८ अर्ब ९४ करोडको धान चामल आयात गरेको थियो । गत आवको सोही अवधिमा रु २१ अर्ब १२ करोड बराबरको आयात गरिएको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

प्रत्येक महिना औसत रु तीन अर्बभन्दा धेरैको धान चामलको आयात बढेकाले असार मसान्तसम्म थप रु तीन अर्ब मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयको भनाई छ।

Royal Enfield
nic asia capital

भारत सरकारले आफ्ना उद्योगीलाई केही वर्षदेखि निर्यातमा लगाएको कर घटाएका कारण त्यसको नकारात्मक प्रभावले आयात बढी भएको तथा तीन वर्षदेखि ‘बफर स्टक’मा रहेको धान चामल तुलनात्मक रूपमा केही सस्तो मूल्यमा पाइएका कारण पनि नेपालमा आयात बढेको छ ।

मन्त्रालयका अनुसार चालु आवको ११ महिनामा रु १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा रु १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो। बाह्य मुलुकबाट वस्तु स्वदेश आयात वृद्धि हुँदा व्यापार घाटा थप नकारात्मक हुने अनुमान गरिएको छ ।

सामान्यतया देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग रहेकामा करिब ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । करिब १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ । स्वदेशी उत्पादनले धान चामलको माग धान्न नसक्दा आपूर्ति सहज बनाउन आयात गरिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?