National life

धितोपत्र कसूरमा पनि बैंकिङ कसूर जस्तै प्रहरीले अनुसन्धान गर्ने प्रकृयाको थालनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
515Shares
धितोपत्र कसूरमा पनि बैंकिङ कसूर जस्तै प्रहरीले अनुसन्धान गर्ने प्रकृयाको थालनी
ncell

काठमाण्डौ । आगामी दिनमा धितोपत्र सम्बन्धी कसूरमा पनि बैंकिङ कसूर सरह कारबाही हुनुका साथै प्रहरीले सिधै गिरफ्तार गर्न सक्ने किसिमको प्रावधान तयार भएको छ । ‘सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो ।

यस अघिको व्यवस्थाले धितोपत्र बोर्डको सिफारिसमा मात्रै प्रहरीले काम कारबाही गर्न सक्थ्यो । यसअघि धितोपत्र बोर्डमा परेका उजुरीहरु बोर्ड अधिकारीहरुको इच्छामा मात्रै अगाडी बढ्ने गर्थे ।

Royal Enfield
nic asia capital
बोर्ड भित्रकै केही कर्मचारीहरुलाई प्रभावमा पारेर यस्ता उजुरीहरु रोकिने पनि गरेका थिए ।

धितोपत्र ऐन सम्बन्धी विज्ञ तथा अधिवक्ता अमृत खत्रिले अब अरु आर्थिक अपराध तथा बैंकिङ कसुर सरह प्रहरीले कुनै धितोपत्र सम्बन्धी कसूर गरेको अवस्थामा सिधै गिरफ्तार गरेर मुद्दा दर्ता गर्न सक्ने बताए । तर प्रमाणविना भने प्रहरीले कसैलाई पनि नियन्त्रण गर्न नसक्ने उनले बताए । ‘यसमा प्रमाणविना प्रहरीले कुनै पनि व्यक्तिलाई नियन्त्रण लिने काम गर्दैन । त्यसैले यस ऐनका कारण सर्वसाधारण त्रसित हुनु पर्ने कुनै कारण छैन ।’ उनले भने ।

तर बजारमा सेयरको पप्म एण्ड डप्प गर्ने, सेयरको मूल्य सामाजिक सञ्जालमा प्रचार गरेर सोझालाई भिडाउने र कम्पनीभित्रै बसेर इन्साइडर कारोबार गर्नेलाई भने यो ऐनले प्रभाव पार्न सक्ने खत्रिले बताए । यसमा जोसुकैले पनि उजुरी दिनसक्ने र विद्युतीय ऐन तथा धितोपत्र कसूर दुवै ऐनमार्फत काम कारबाही हुनसक्ने पनि खत्रीले जानकारी दिए ।

स्मरण रहोस यस अघि सीआईबीले बैंकिङ कसूरमा एउटा बैंकका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?