National life

धितो मूल्यांकनकर्तालाई कालोसूचीमा नराख्न माग, मूल्यांकन घट्दा समस्या चुलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
488Shares
धितो मूल्यांकनकर्तालाई कालोसूचीमा नराख्न माग, मूल्यांकन घट्दा समस्या चुलियो
ncell

काठमाडौँ । धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि चितवनका मूल्यांकनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएकोमूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरुले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।

एसोसिएसनका अध्यक्ष ईन्जिियर सञ्जयकुमार महतोले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए । कोभिड अगाडिको मूल्यांकन र कोभिड पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्तालाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ ।

Royal Enfield
nic asia capital

“यसले गर्दा मूल्यांकनकर्तामा निराशा छाएको छ, यही अवस्था रहे मूल्यांकन गर्ने वा नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उनले भने । अहिले देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्तालाई बैंकहरुले कालोसूचीमा राख्न नहुने बताएका हुन् ।

केन्द्रीय सल्लाहाकार ई. लक्ष्मणबाबु सेढाईले आफूहरुले बैंक र बैंकका ग्राहकबीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए । उनले भने, “बैंकहरूले मूल्यांकनकर्ताहरूलाई कारबाही गर्न लाग्दा समस्या आउने देखिएको छ ।”

अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरुको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैंकहरुले सोचेर काम गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले इञ्जिनियरहरु पलायन हुने अवस्था आउने उनको भनाइ छ ।

एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई. आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैंकहरुले कारबाही गर्ने गरेको बताए । पहिलोपटक गरेको मूल्यांकनको दुई तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ ।

एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्यांकनकर्तालाई हतोत्साहित बनाउने काम बैंकहरूले गरेको उल्लेख गरे । बैंकहरूले दोस्रो पटक मूल्यांकन गर्ने र ऋणीहरुको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।

चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई. ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्यांकनकर्ताहरुमा समस्या आउन थालेको बताए । नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैंकहरुले बुझ्नुपर्ने बताए । नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?