National life

नक्कली अन्तःशुल्क स्टिकरसहित ४८ वर्षीय सुनिलकुमार राजवंशी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
375Shares
नक्कली अन्तःशुल्क स्टिकरसहित ४८ वर्षीय सुनिलकुमार राजवंशी पक्राउ
ncell

काठमाडौँ । राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले मोरङको धनपालथानबाट पक्राउ गरेको छ ।

धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

भोला गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले राजवंशीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अन्तःशुल्कको स्टिकर अन्य पसलहरूसँग ३ देखि ४ रुपैयाँमा खरिद गर्ने र उनले बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुटकामा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राजवंशीले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । विगत एक वर्षदेखि उनले यस्तो धन्दा गर्दै आएको खुलेको छ ।

राजवंशीको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको  छ । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?