National life
cg eloctronics

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न डिजिटल बैंक स्थापना गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
758Shares
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न डिजिटल बैंक स्थापना गरिने
muktinatha bikash bank

काठमाडौँ । नगदरहित वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ। शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नगदरहित कारोबारलाई प्रवर्द्धन गरिने बताएका हुन्।

राष्ट्रपति पौडेलले डिजिटल अर्थतन्त्रको विकासलाई प्राथमिकतामा राख्दै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने जनाए । सरकारको योजना डिजिटल कारोबारलाई सहज र सुरक्षित बनाउँदै नागरिकको पहुँचमा ल्याउनेतर्फ केन्द्रित हुने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

"सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ", राष्ट्रपति पौडेलले भने, "निजी लगानी प्रवर्द्धनका लागि थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसाय–मैत्री वातावरण निर्माण गरिनेछ ।"

त्यस्तै, सार्वजनिक सेवा प्रभावकारी बनाउन फेस लेस सेवा विस्तार गरिने, नागरिक एपलाई मुख्य डिजिटल उपकरणको रूपमा प्रयोग गर्दै अधिकतम सेवा अनलाइनमार्फत प्रदान गरिने उनले बताए। कर प्रशासनलाई सुधार गर्दै करदातामैत्री राजस्व प्रणाली विकास गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गरिने नीति कार्यक्रममा समावेश छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?