काठमाडौँ । नबिल बैंकले आगामी पुस १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको छ। सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने अझैसम्म तय भइसकेको छैन ।
सभामा बैंकले गत वर्षको नाफाबाट सेयर धनीलाई दिने करसहित ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिने छ ।

































