National life

नबिल बैंकको साधारण सभाको मिति फेरियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
652Shares
नबिल बैंकको साधारण सभाको मिति फेरियो
ncell

काठमाडौँ । नबिल बैंक लिमिटेडको ३९ औँ वार्षिक साधारण सभाको मिति फेरबदल भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभाको मिति सारेको हो ।

बैंकले एक दिन अगाडि सार्दै सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार बिहान १० बजे सुरु गर्ने जनाएको छ । उक्त सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Royal Enfield
nic asia capital

सभा प्रयोजनार्थ बैंकले मङ्सिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । अर्थात् मङ्सिर २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । आर्थिक वर्ष २०८।८१ का लागि लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभाले पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?