National life

नबिल बैंकले तीन अर्बको ‘नबिल डिवेन्चर’ निष्कासन गर्दै, व्याज कति प्रतिशत पाइएला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
457Shares
नबिल बैंकले तीन अर्बको ‘नबिल डिवेन्चर’ निष्कासन गर्दै, व्याज कति प्रतिशत पाइएला ?
ncell

काठमाडौँ । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको जनाएको छ ।

बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले बताएको छ ।

सर्वसाधारणलाई छुटाइएको १२ लाख कित्ता मध्ये ६ करोड रुपैयाँको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको छ ।

Royal Enfield
nic asia capital
सर्वसाधारणले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिल बैंकको जानकारी छ।

यो ऋणपत्र मङ्सिर २९ गतेदेखि पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?