काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार सरकारलाई पत्र पठाएको छ। बोर्डले अर्थ मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई नयाँ स्टकको लाईसेन्सबारे असपष्ट भएको भन्दै पत्र लेखेको हो ।
यस अघि अर्थ समितिले बोर्डलाई नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउन बाटो खोलेको थियो। सोहि बिषयलाई नै आधार बनाउँदै बोर्डले पत्र लेखेको छ।
त्यहि आधारमा बोर्डले पनि पत्र लेखेको बताइएको छ। “हामीले आइतबार सरकालाई पत्र लेखेका छौ। नयाँ स्टककको प्रकिया अघि बढाउन मार्ग प्रशस्त गरिदिनका लागि बोर्डद्धारा पत्र पठाईएको प्रवत्ता मुत्तिनाथ श्रेष्ठको भनाई छ ।
पछिल्लो समय अर्थ समितिले दिएको पत्रलाई धितोपत्र बोर्डको व्यवस्थापनले आफ्नो बोर्डमा लगेको थियो। बोर्डका रहेका पदाधिकारीहरुले यस अघि पत्र मार्फत नै सरकारले प्रक्रिया रोक्नु भनेकोले अब सरकारले नै त्यसलाई अघि बढाउन पत्र दिनु पर्ने भन्ने निष्कर्ष संचालक समितिले निकालेको थियो। सोही बैठकले सरकारलाई पत्र लेख्न व्यवस्थापनलाई निर्देशन दिएको थियो।
बोर्डले सोझै सरकारलाई पत्र लेख्न सक्दैन। यसले अर्थ मन्त्रालय मार्फत मन्त्री परिषद समक्ष पत्र लेख्नु पर्ने हुन्छ। सरकारले पनि बोर्डलाई पत्र लेख्दा अर्थ मन्त्रालय मार्फत नै लेख्ने गर्छ। किनकि सरकार मातहत अर्थ मन्त्रालय हुन्छ। अर्थ मन्त्रालय मातहत धितोपत्र बोर्ड हुन्छ।
नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन भनेर निर्देशन दिइसकेको भएपनि सरकारबाट कुनै अन्तिम निर्णय भने आएको छैन ।































