काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन्। मन्त्री सिन्हाले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस निर्णयको घोषणा गरेका हुन्।
साथै उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। अत्यावश्यक बाहेक अन्य कार्यहरू अनलाइनमार्फत सञ्चालन गर्ने पहल गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।


































