काठमाडौँ । नेपाल बैंक लिमिटेडको नवनियुक्त सञ्चालक साधना घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
नवनियुक्त घिमिरेले मङ्सिर १२ गते सञ्चालक समितिका अध्यक्ष चन्द्र बहादुर अधिकारीबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनीले जनाएको छ । ।
नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट घिमिरे बैंकको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएकी हुन् ।
मन्त्रालयले उनलाई बैंकको सञ्चालक नियुक्त गरेर पत्राचार गरेको थियो ।

































