National life
cg eloctronics

निक्षेपको ब्याजदर लगातार ओरालो लाग्दै, कुन खातामा कस्तो छ ब्याजदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
479Shares
निक्षेपको ब्याजदर लगातार ओरालो लाग्दै, कुन खातामा कस्तो छ ब्याजदर ?
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फत् उक्त रकम संकलन भएको हो । यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले औसत ब्याजदर ३.३९ प्रतिशत ब्याज दिँदै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यही अवधिमा मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यसमा औसत ब्याजदर ६.१० प्रतिशत रहेको छ । अहिले तीन महिनाभन्दा कम अवधिका लागि मुद्दती खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । तीन महिनादेखि ६ महिनासम्मको अवधि भएका मुद्दती खातामा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । यो खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् ।

६ महिनादेखि एक वर्षसम्मको अवधि भएका खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यो निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेको देखिन्छ । एक वर्षदेखि २ वर्षसम्मको अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यसमा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ । २ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ७ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यस्तो मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

nic asia capital

ब्याज पाउने संस्थागत बचत खाताको रूपमा रहेको कल डिपोजिटमा ४ खर्ब २ अर्ब ८१ करोड निक्षेप छ । यो खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा कुल निक्षेपको १० प्रतिशत भन्दा धेरै राख्न नपाउने र यस्तो ब्याज साधारण बचत खाताको न्यूनतम ब्याजदरको आधाभन्दा धेरै हुन नहुने भएकोले यसमा कम ब्याज देखिएको हो । ब्याज पाउने प्रकृतिको खातामा १ अर्ब ८६ करोड निक्षेप छ, त्यसमा २.३४ प्रतिशत ब्याजदर रहेको छ ।

यीबाहेक नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट ३ खर्ब ९२ अर्ब ६५ करोड, चल्ती खातामा ३ खर्ब ५० अर्ब ८५ करोड, मार्जिन खातामा ४१ अर्ब ७ करोड र ब्याज नपाइने अन्य खातामा ७२ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस अनुसार बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८५ अर्ब रुपैयाँ बराबरका निक्षेपमा कुनै पनि ब्याजदर प्रदान नगर्ने गरेको देखिएको छ । यो झन्डै कुल निक्षेपको १३ प्रतिशत हो ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?