काठमाडौं । पछिल्लो समय तरलता सहज हुँदा अन्तर बैंक ब्याज दर पनि निरन्तर रुपमा घट्दो क्रममा रहेको छ ।
सोही क्रममा मंसिर १७ गते अन्तर बैंक ब्याज दर १ दशमलव ०८ प्रतिशतमा आएको छ भने मंसिर १६ गते अन्तर बैंक ब्याज दर १ दशमलव १४ प्रतिशतमा कायम थियो ।
आइतवार प्रणालीमा २ अर्बले निक्षेप थपिएको छ। शनिवार ५९ खर्ब ६० अर्ब रहेको निक्षेप संकलन आइतवार ५९ खर्ब ६२ अर्ब पुगेको आकडा सार्वजनिक भएको छ।
त्यस्तै आइतवार कर्जा प्रवाह पनि २ अर्बले वृद्धि हुँदै ४९ खर्ब ८० अर्ब पुगेको छ । पछिल्लो तथ्यांकलाई आधारमानेर हेर्ने हो भने बैंकहरुको सिडी रेशियो ८० दशमलव ७६ प्रतिशत रहेको छ।


































