काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल सञ्चालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूले यस अवधिसम्ममा ३२ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
शिखर इन्स्योरेन्स यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्मा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तालिकामा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्जन गरेको बीमा शुल्क :
| क्र.सं. | निर्जीवन बीमा कम्पनी | बीमा शुल्क (रु. लाखमा) |
|---|---|---|
| १ | शिखर इन्स्योरेन्स | ४३,४५८.८१ |
| २ | सगरमाथा लुम्बिनी इन्स्योरेन्स | ३७,३९४.१७ |
| ३ | सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | ३१,०५८.११ |
| ४ | हिमालयन एभरेष्ट इन्स्योरेन्स | २७,८५५.६७ |
| ५ | आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स | २७,३४९.७८ |
| ६ | नेको इन्स्योरेन्स | २४,७१८.३४ |
| ७ | द ओरियन्टल इन्स्योरेन्स | २१,५४६.०० |
| ८ | एनएलजी इन्स्योरेन्स | २१,३४५.२१ |
| ९ | सनिमा जीआईसी इन्स्योरेन्स | १९,२१९.५० |
| १० | युनाइटेड अजोड इन्स्योरेन्स | १८,५४९.१५ |
| ११ | नेपाल इन्स्योरेन्स | १५,५८८.५१ |
| १२ | प्रभु इन्स्योरेन्स | १३,०९४.८१ |
| १३ | राष्ट्रिय बीमा कम्पनी | ११,३२६.३० |
| १४ | नेशनल इन्स्योरेन्स | ८,७९५.३९ |
| जम्मा | ३२१,२९९.७५ |


































