National life

निर्यात ८१ प्रतिशतले बढे पनि व्यापार घाटा १५ खर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
519Shares
निर्यात ८१ प्रतिशतले बढे पनि व्यापार घाटा १५ खर्ब नाघ्यो
ncell

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।

Royal Enfield
nic asia capital
यो वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जनाएको छ ।

यस्तै २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो ।

निर्यात ८१ प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?