काठमाडौँ । अर्थ मन्त्रालयले निवृत्तिभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तिभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको हो ।
निवृत्तिभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२ मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागू हुने उल्लेख छ । खाता खोल्न लेखी आएमा बैंकले राष्ट्रिय परिचयपत्र नम्बर र अन्य आवश्यक कागजात लिई शून्य मौज्दातमा निवृत्तिभरण भुक्तानी खाता खोलिदिनु पर्ने उल्लेख छ ।
किताब खानाबाट जारी भएको अधिकार पत्र बमोजिम निवृत्तभरकले इच्छाएको बैंकमा निवृत्तिभरण भुक्तानी खाता खोल्न अनुसूची– १ बमोजिमको ढाँचामा निवृत्तिभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले बैंकलाई लेखी पठाउनु पर्नेछ।
यस्तो खाता खोल्न लेखी आएमा बैंकले राष्ट्रिय परिचयपत्र नम्बर र अन्य आवश्यक कागजात लिई शून्य मौज्दातमा निवृत्तिभरण भुक्तानी खाता खोलिदिनु पर्नेछ। तर बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका जेष्ठ नागरिक भनी सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस भएका व्यक्ति र भारतीय निवृत्तभरको हकमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुनेछैन।
पारिवारिक निवृत्तभरको नाममा खाता खोल्न अनुरोध गरी पठाउँदा निवृत्तभरको नाममा रहेको साबिकको बैंक खाता बन्द गर्न समेत लेखी पठाउनु पर्नेछ । यस्तो खाताबाट रकम झिक्न बाहेक अन्य कुनै कारोबार गर्न पाइने छैन।
खाता सक्रिय हुने अवधि निवृत्तिभरण भुक्तानी खाता निवृत्तभरको हकमा एक वर्षसम्म र पारिवारिक निवृत्तभरको हकमा छ महिनासम्म सक्रिय हुनेछ । खातालाई पुनः सुचारु गराउन निवृत्तभरक स्वयं सम्बन्धित बैंकमा उपस्थित भई अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
साथै, यस्तो निवेदन प्राप्त भएमा बैंकले अधिकार पत्र प्रमाणित गरी खाता पुनः सुचारु गरिदिनु पर्नेछ । तर, बायोमेट्रिक्स हाजिरी प्रणालीबाट खाता पुनः सुचारु गर्दा अधिकार पत्रमा प्रमाणित गर्नु पर्ने छैन।
नियोगको सिफारिसमा खाता नवीकरण हुने ९१० दफा ४ बमोजिम विदेशमा रही स्वयम् उपस्थित हुन नसक्ने निवृत्तभरकले अनुसू–९ ३ वमोजिमको ढाँचामा विदेश स्थित कुनै नेपाली नियोगमा निवृत्तिभरण भुक्तानी खाता नवीकरणको सिफारिसको लागि निवेदन दिनु पर्नेछ ।
निवेदन प्राप्त भएमा विदेश स्थित नेपाली नियोगले निवृत्तभरक स्वयम् उपस्थित भई निवेदन दिएको व्यहोरा प्रमाणित गरी निवृत्तिभरण व्यवस्थापन कार्यालयमा पठाइदिनु पर्नेछ । निवृत्तिभरण खाता सक्रिय गराउन नसक्ने निवृत्तभरकले बैंकमा सञ्चालनमा रहेको विद्युतीय प्रणाली मार्फत भर्चुअल उपस्थिति जनाई निवृत्तिभरण खाता पुनः सक्रिय गराउन सक्नेछ ।
भर्चुअल माध्यमबाट उपस्थित हुने निवृत्तभरको आधिकारिकता पहिचान गरी बैङ्कले निवृत्तिभरण खाता पुनः सुचारु गर्नु पर्नेछ। निवृत्तिभरण खाता पुनः सक्रिय गराउँदा बैंकलाई तिर्नु पर्ने सेवा शुल्क सम्बन्धित निवृत्तभरकले व्यहोर्नु पर्नेछ ।
निवृत्तभरको निवृत्तिभरण रकम र सोमा प्रचलित कानून बमोजिम थप हुने रकम समेत हिसाव गरी निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रत्येक महिनाको तेस्रो हप्तासम्ममा निवृत्तिभरण भुक्तानी खातामा रकम जम्मा गरिदिनु पर्नेछ । शैक्षिक र सन्तति वृत्ति वापतको रकम निजको संरक्षकले खाता सञ्चालन गर्ने गरी भुक्तानी गर्न सकिनेछ ।
यस कार्यविधि बमोजिमको कारोबार गरे वापत बै्रंकले पाउने सेवा शुल्क मन्त्रालयले तोके बमोजिम हुनेछ । यस कार्यविधि वमोजिम निवृत्तिभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले हिसाब मिलान गर्ने प्रयोजनको लागि निवृत्तभरको खाताबाट सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न अनुसूची ४ बमोजिमको ढाँचा बैंकलाई लेखी पठाउन सक्नेछ ।
निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको निवृत्तभरको मृत्यु भएमा निजको हकवालाले ३५ दिनभित्र निवृत्तिभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनु पर्नेछ । यस्तो जानकारी प्राप्त भए पछि निवृत्तभरको खातामा रहेको रकम हिसाव गरी पारिवारिक निवृत्तिभरण पाउने व्यक्ति वा निजको हकवालालाई भुक्तानी दिनु पर्नेछ ।
बैंकले पाउने सेवा शुल्क पनि मन्त्रालयले निर्धारण गर्नेछ। साथै, हिसाब मिलान प्रयोजनका लागि सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न बैंकलाई अनुसूची–४ अनुसार जानकारी दिइनेछ। निवृत्तिभरण खाताको स्टेटमेन्ट बैंकले दिनु पर्नेछ वा प्रणालीमा हेर्न मिल्ने पहुँच उपलब्ध गराउनु पर्ने उल्लेख छ।

































