National life

नेपाल बैंकको सिस्टम ह्रयाक गर्ने शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचारी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
470Shares
नेपाल बैंकको सिस्टम ह्रयाक गर्ने शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचारी ठहर
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचारी ठहर भएका छन्।

बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कारोबार हिनामिना लगायतको भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध दायर मुद्दामा अदालतले दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार बिगो कायम गरी २१ असार २०७७ मा मुद्दा दायर गरेको थियो । जसमा बिशेष अदालतले उनलाई मंगलबार दोषी भएको फैसला सुनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोषी ठहरीएका कोईरालालाई अदालतले कति बिगो र कति समय सजाय निर्धारण गर्ने भन्ने पुस ११ मा निक्र्यौल हुने जनाएको छ ।नेपाल बैंक लिमिटेडको काठमाडौँको बैङ्किङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैङ्किङ सिस्टम अन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो।

त्यसमार्फत उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।

अख्तियारले कोइरालालाई ५४ लाख ८४ हजार ४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम रकम असुलको माग दाबी गरेको थियो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन अनुसार भ्रष्टाचारमा दोषी ठहर भइसकेपछि मात्रै कसुर ठहर भएपछि सजाय निर्धारणका लागि पेश गर्ने व्यवस्था छ।

 

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?