काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज ३१.१७ अंकले घटेर २,७४९.८३ बिन्दुमा झरेको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा १.१२ प्रतिशतको गिरावट देखिएको हो ।
आज बजारमा कुल ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरका १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच भए । आज कारोबारको संख्या भने ९७ हजार १७४ रह्यो ।
कारोबारमा आएका कुल ३२१ कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढ्यो भने २२८ वटाको घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
सर्वाधिक कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीले गरेको छ । उसका ४५ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।
बजारमा समग्र नकारात्मक माहोल देखिँदा सबै १३ वटा उपसूचकहरू राताम्मे भएका छन् ।



































