काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ। पुस मसान्तसम्मको अद्यावधिक विवरण अनुसार ३१ वटा कम्पनीहरु ‘ए’ वर्गमा परेको नेप्सेले जानकारी गराएको छ ।
‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, एउटा फाइनान्स, ६ वटा माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर रहेका छन् । त्यस्तै नेपाल रिइन्सुरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्य, नेपाल टेलिकम, हाइड्रोपावर इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि ‘ए’ वर्गमा परेका छन् ।
यता, ‘बी’ वर्गमा ३५ वटा कम्पनी, ‘जी’ वर्गमा ७० वटा र ‘जेट’ वर्गमा १३५ वटा कम्पनी रहेका छन् । नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी ४ समूहमा वर्गीकरण गर्दै आएको छ। नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि आग्रह गरेको छ।



































