National life

नवीकरण शुल्क बुझाउन नेप्सेले गर्‍यो सूचीकृत कम्पनीलाई आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
1.1kShares
नवीकरण शुल्क बुझाउन नेप्सेले गर्‍यो सूचीकृत कम्पनीलाई आग्रह
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण शुल्क तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने जनाएको हो। सूचनाअनुसार, ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

यस्तै, ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

शुल्क रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ। तोकिएको समयमा रकम नबुझाएमा वार्षिक १० प्रतिशत जरिवाना लाग्ने र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकरण स्थगित गर्न सकिने नेप्सेले जनाएको छ।












यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?