National life

नेप्से परिसूचकमा सामान्य गिरावट, कति रह्यो कारोबार रकम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
1.2kShares
नेप्से परिसूचकमा सामान्य गिरावट, कति रह्यो कारोबार रकम ?
ncell

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधबार ५.९१ अंकले घटेर २,७७०.९९ विन्दुमा झरेको छ। अघिल्लो दिनको तुलनामा सूचक ०.२१ प्रतिशतले घटेको हो।

Royal Enfield
nic asia capital

आज बजारमा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँ बराबरका १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर किनबेच भए । आज ३२३ वटा कम्पनीका शेयर ५३ हजार ८५३ पटक कारोबार भएका छन् ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ५९ कम्पनीको शेयरमूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

आज नेपाल रिइन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गरेको छ । कम्पनीले २५ करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।

म्युचुअल र होटलबाहेक अन्य सबै उपसूचक राताम्मे भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?