काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स लाजिम्पाटले काठमाडौँमा असार ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ।
यो प्रेरणादायी प्रशिक्षणवाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायीक विकाश हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ। विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायीकतामा बृद्धि हुने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।
तालिमको नेतृत्व आर्ट अफ लिभिङ्ग नेपालका कर्पोरेट कार्यक्रम निर्देशक श्री नीभा एम।
आर्ट अफ लिभिङ्गसंग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनुभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट सहभागीहरुलाई रोग र तनाव मुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरु मा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सुधारहरु हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
नीभा एम प्रधानका अनुसार “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दो संख्या देखेर हामी हर्षित छौं । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दुबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ।” कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिङ्ग नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहको उपस्थिति रहेका थियो ।





































