National life

पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब, आयात-निर्यात दुवै बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
1.1kShares
पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
ncell

काठमाडौँ – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार यो घाटा अघिल्लो वर्षको यही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको हो। गत वर्ष यस्तै अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकका अनुसार साउन महिनामा कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तै अवधिमा आयात ०.६ प्रतिशतले घटेको थियो।

यसैगरी, चालु वर्षको पहिलो महिनामा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची र जुटका सामानको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चिया आदिको निर्यात भने घटेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?