काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा पर्वतीय महोत्सव हुने भएको छ।
नेपाल पर्वतारोहण सङ्घको आयोजनामा यही मङ्सिर २२ देखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो।
बर्सेनि गर्दै आइरहेको महोत्सवलाई यस वर्ष पनि निरन्तरता साथ मनाउनेसंघको भनाई छ । यसअघि तीन दिन मनाइँदै आइएको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ संघले जनाएको हो।
संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।
यस वर्षको महोत्सवमा ‘बर्डस कन्जरभेसन’, पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र तथा फोटो प्रदर्शनी, विभिन्न खेलका प्रतिस्पर्धा हुने संघकोे भनाई छ ।



































