National life

पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
461Shares
पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी पक्राउ
ncell

काठमाडौं । पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

ती पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रहरीले जनाएको छ ।

“फ्लाई दुबईको उडानमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुन आउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका हौ।” प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भने

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ परेका पाकिस्तानी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने केन्द्रीय प्रहरी प्रवक्ता ढकालले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?