काठमाडौँ । यतिबेला विभिन्न ७६ वटा कम्पनीहरू प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमतिको पर्खाइमा छन् ।
विकास बैंकतर्फ सालपा विकास बैंकले करिब १७ लाख २३ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको छ। होटल तथा पर्यटन क्षेत्रका चार कम्पनीहरूले पनि आईपीओ ल्याउन तयारी गरेका छन्। होटल फरेष्ट इनले ४० लाख कित्ता, अकामा होटलले २२ लाख ५० हजार कित्ता, वर्णबास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरी लिमिटेडले ४० लाख कित्ता शेयर निष्कासनका लागि प्रस्ताव गरेका छन्।
सबैभन्दा ठूलो संख्या हाइड्रोपावर क्षेत्रमा छ। करिब ३७ कम्पनीले आईपीओ ल्याउन तयारी गरिरहेका छन्।

इन्भेष्टमेन्ट क्षेत्रमा वरुण इन्भेष्टमेन्ट (२४ लाख ७५ हजार), सिड्स इनर्जी (२४ लाख), शिभम् होल्डिङ (१ करोड १६ लाख) र शिव शंकर इन्भेष्टमेन्ट (२१ लाख) ले आईपीओ ल्याउन तयारी गरेका छन्। उत्पादन तथा प्रशोधन क्षेत्रमा पनि धेरै कम्पनीले सेयर निष्काशनका लागि प्रस्ताव गरेका छन्।

यसैगरी, माइक्रो इन्स्योरेन्स क्षेत्रमा प्रोटेक्टिभ माइक्रो लाइफ, स्टार माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले आ–आफ्नो २२ लाख ५० हजार कित्ता गरी जम्मा ६७ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न तयारी गरेका छन्।
यसबाहेक डिस मिडिया, आइएमई लिमिटेड, हस्पिटल फर एडभान्स, नेपाल ब्रोडकाष्ट, कैलाश हेलिकप्टर, छायादेवी कम्प्लेक्स, बिजनेस इन्ट्रेष्ट ग्रुप, मेडिकेयर हस्पिटल, जीआई सोलार र सोलार फर्म जस्ता अन्य कम्पनीहरूले पनि सेबोनसँग अनुमति मागेका छन्।


































