National life
cg eloctronics

पुँजी बजार सुधारका लागि गभर्नरलाई इन्भेष्टर्स फोरमले दियो सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
499Shares
पुँजी बजार सुधारका लागि गभर्नरलाई इन्भेष्टर्स फोरमले दियो सुझाव
ncell

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई पुँजी बजार सुधार गर्न सुझाव दिएको छ । सोमबार इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंक पुगेर गभर्नर पौडेललाई लिखित ३ बुँदे सुझाव दिएको हो ।

फोरमले प्राकृतिक व्यक्तिको हकमा शेयर कर्जामा लाग्दै आएको १५ करोडको सीमालाई हटाउनुपर्ने सुझाव दिएको छ । उक्त सीमाले पुँजी बजारलाई निरुत्साहित गरेको फोरमको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरिद गर्न सक्ने व्यवस्था (अल्पकालीन कारोबार) पुनः सुचारु गर्नुपर्ने पनि फोरमको माग छ । लघुवित्तहरूको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमा हटाएर क्षमता अनुसारको वितरण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि फोरमले पेश गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?