National life

पुस मसान्तसम्म ७ खर्ब नजिक पुग्यो व्यापार घाटा: आयात निर्यात दुबैमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
471Shares
पुस मसान्तसम्म ७ खर्ब नजिक पुग्यो व्यापार घाटा: आयात निर्यात दुबैमा गिरावट
ncell

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा मुलुकको व्यापार घाटा झण्डै ७ खर्ब रुपैयाँ पुगेकोे छ ।

भन्सार विभागको तथ्यांकमा उल्लेख भए अनुसार यस अवधिमा नेपालले ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको तुलनामा भन्दा २.६२ प्रतिशतले कम हो ।

Royal Enfield
nic asia capital

गत वर्षको सोहि अवधिमा नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको भन्सार विभागको जानकारी छ । विभागले प्रस्तुत गरेको तथ्यांकको अनुसार ६ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

गत वर्षको सोहि अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।वैदेशिक व्यपारमा गिरावट आएसँगै व्यापार घाटा केहि घटेको छ। आर्थिक गतिविधि बढ्न नसक्दा आयात तथा निर्यात दुवै घटेका तथ्थांकमा उल्लेख छ।

पुस महिनासम्ममा आयात निर्यात दुबै घटेकाले कुल व्यापार तथा व्यापार घाटामा समेत गिरावट आएको हो । यस अवधिमा आयात ३.०९ प्रतिशतले घटेको छ भने निर्यात ७.२३ प्रतिशतले घटेको छ । विभागको जानकारी अनुसार पुस महिनासम्ममा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ७१ अर्ब १८ करोड ५८ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको यही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक व्यापार घटेपनि भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ । ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोड बराबर राजस्व उठाएको थियो ।

भन्सार विभागका अनुसार ६ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल, ३३ अर्ब ९२ करोड बराबरको पेट्रोल तथा २५ अर्ब ४६ करोडको एलपी ग्याँस आयात भएको छ। ६ महिनामा विद्युतबाट चल्ने १३ अर्ब १२ करोड बरारको सवारी साधान नेपालमा आयात भएका छन ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?