काठमाडौं । पूँजीबजार सुधारका लागि गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ। कार्यदलका संयोजक रुपेश केसीका अनुसार यो प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गरिएको हो।
केसीले बताएअनुसार, प्रतिवेदन शुक्रबारसम्म मन्त्रालयको वेबसाइटमार्फत सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ।
गत शुक्रबार, अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका थिए, जसले पूँजीबजार सुधारसम्बन्धी सुझावहरू तयार पारेको हो।


































