National life

प्रधानमन्त्री कार्यालय र मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै : कोइराला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
678Shares
प्रधानमन्त्री कार्यालय र मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै : कोइराला
ncell

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याचका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, "नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न सकिरहेको छैन ।

Royal Enfield
nic asia capital
यसमा प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासायी बन्दै गएको हो ।"

स्वास्थ्य संस्थालाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ पुगे पनि सबैले शिर उचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?