National life

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई "राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण" कार्यक्रम बनाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
630Shares
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई "राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण" कार्यक्रम बनाइने
ncell

काठमाडौँ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा रूपान्तरण गर्ने भएको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त परियोजनालाई पुनः संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा सञ्चालन गरिने बताएका हुन्।

त्यस्तै, अग्रीम रूपमा कृषि उपज खरिद गरी कृषिको बजार सुनिश्चितता गरिने जनाइएको छ। प्रमुख बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरेर किसानको आम्दानी वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

Royal Enfield
nic asia capital

"दिगो कृषि उत्पादन प्रणालीको विकास, कृषि मल कारखाना स्थापना गर्न आवश्यक कार्यहरू अघि बढाइनेछ", राष्ट्रपति पौडेलले भने, "कृषि प्रयोगशालाको विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने छ।"

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?