National life

प्रभु बैंकका डिसीईओ न्यौपाने सहित तत्कालीन सेन्चुरी बैंक सीईओ तुलसीराम गौतम पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
499Shares
प्रभु बैंकका डिसीईओ न्यौपाने सहित तत्कालीन सेन्चुरी बैंक सीईओ तुलसीराम गौतम पक्राउ
ncell

काठमाडौँ। प्रभु बैंकका डेपुटी सीईओ तथा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने प्रकाउ परेका छन् । डेपुटी सीईओ न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोले जानकारी दिएको छ । प्रभु बैंकमा गाभिएको साबिकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा मनोमानी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबीको जानकारी छ।

Royal Enfield
nic asia capital

लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो। सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?