National life

प्रभु महालक्ष्मी लाइफ इटहरी शाखाको क्षमता विकास तथा लिडर्स पुनर्ताजगी तालिम सम्पन्न 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
457Shares
प्रभु महालक्ष्मी लाइफ इटहरी शाखाको क्षमता विकास तथा लिडर्स पुनर्ताजगी तालिम सम्पन्न 
ncell

प्रभु महालक्ष्मी लाइफ इटहरी शाखा को लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ लिमिटेड इटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम आज सम्पन्न गरेको छ । उक्त कार्यक्रम उप क्षेत्रीय कार्यालय इटहरी मा भव्यताका साथ सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा शाखामा आबद्ध रही काम गर्ने अभिकर्ता को उल्लेख्य उपस्थिति रहेको थियो। शाखामा आबद्ध रही कम्पनी ले तोकेको व्यावसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्ता लाई व्यवसाय वृद्धि गर्न के कस्ता रणनीति आवश्यक पर्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना,जीवन बिमाका आधारभूत सिद्धान्त ,जीवन बिमा अभिकर्ताले पालना गर्नु पर्ने विधि,काम कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमाङ्कन गर्ने प्रक्रिया र सर्तहरू,कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कला लगायतका जीवन बिमा सम्बन्धी विविध विषयमा उप क्षेत्रीय प्रमुख जगत नाथ फुयल ले सहभागी अभिकर्ता लाई प्रशिक्षण दिएका थिए।

त्यस्तै शाखाले विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लाई सम्मान समेत गरेको थियो ।अन्तमा अभिकर्तालाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने कुरा व्यक्त गर्दै शाखा प्रमुख सुरेन्द्र चुडालले कार्यक्रम को समापन गरेका कम्पनीले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?