National life

प्रभु महालक्ष्मी लाइफको नाफा २७ करोड ५० लाख, खुद बीमाशुल्क १८.८९ %ले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.1kShares
प्रभु महालक्ष्मी लाइफको नाफा २७ करोड ५० लाख, खुद बीमाशुल्क १८.८९ %ले बढ्यो
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफामा सुधार गरेको छ। कम्पनीले यस अवधिसम्म २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको नाफा २७ करोड ७ लाख रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार देखिएको छ। खुद बीमाशुल्क आम्दानी १८.८९ प्रतिशतले बढ्दै ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो ३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो। साथै, कुल आम्दानी पनि ४ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल खर्च पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ४ अर्ब २६ करोड रुपैयाँ रहेको खर्च यस वर्ष बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको जनाएको छ।

वित्तीय सूचकहरूतर्फ हेर्दा, कम्पनीको महाविपत्ती कोष १३ करोड ८४ लाख रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङ ३३ करोड २१ लाख रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६९.७६ गुणा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?