National life

प्रभु महालक्ष्मी लाइफको नाफा ३७ करोड ५६ लाख, खुद बिमाशुल्क २१ प्रतिशत बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.1kShares
प्रभु महालक्ष्मी लाइफको नाफा ३७ करोड ५६ लाख, खुद बिमाशुल्क २१ प्रतिशत बढ्यो
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा सामान्य बढेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ३७ करोड ७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खुद बिमाशुल्क भने ६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको ५ अर्ब १७ करोड १८ लाख रुपैयाँको तुलनामा खुद बिमाशुल्क उल्लेख्य बढेको हो।

कम्पनीको जीवन बिमा कोष पनि बढेर १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यस्तो कोष १३ अर्ब ८३ करोड ३६ लाख ९३ हजार रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिमा कुल ७ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। यसमध्ये खुद बिमाशुल्कबाट ६ अर्ब २६ करोड रुपैयाँ तथा लगानी र कर्जाबाट १ अर्ब १ करोड ६७ लाख रुपैयाँ आम्दानी भएको छ।

कुल खर्च ७ अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीले ५ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। वर्षभरिमा कम्पनीले १ हजार ४१५ वटा दाबी भुक्तानी गरेको जनाएको छ।

यद्यपि, लगानी तथा कर्जाबाट हुने आम्दानी भने घटेको छ। अघिल्लो वर्ष १ अर्ब २० करोड ३६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा १ अर्ब १ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको मुद्दती निक्षेपमा प्राप्त हुने ब्याजदर घट्दा लगानी आम्दानी प्रभावित भएको देखिन्छ।

हाल कम्पनीसँग २ लाख ५६ हजार सक्रिय बिमालेख रहेका छन्। यी बिमालेखबाट प्रथम बिमाशुल्कबापत २ अर्ब ३१ करोड रुपैयाँ र नवीकरण बिमाशुल्कबापत ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ संकलन भएको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ७.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.५८ रुपैयाँ र सोल्भेन्सी मार्जिन अनुपात १.९१ रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८४.३० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीले दीर्घकालीन लगानीतर्फ १३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ र अल्पकालीन लगानीतर्फ ७ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?