National life

फर्जी कागजात बनाएर विदेश पठाउने ६ वटा ट्राभल्स र सञ्चालक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
502Shares
फर्जी कागजात बनाएर विदेश पठाउने  ६ वटा ट्राभल्स र सञ्चालक पक्राउ
ncell

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोज कुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका राम प्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्त बहादुर थापा छन् ।

एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?