National life
cg eloctronics

फागुनसम्म विकास खर्च जम्मा १९% मात्र : वार्षिक लक्ष्यको आधाभन्दा कम खर्च

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1.2kShares
फागुनसम्म विकास खर्च जम्मा १९% मात्र : वार्षिक लक्ष्यको आधाभन्दा कम खर्च
muktinatha bikash bank

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च जम्मा १९ प्रतिशत हाराहारी मात्र भएको छ।

आर्थिक वर्षका लागि संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएकोमा फागुन मसान्तसम्म ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७.१८ प्रतिशत मात्र हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

चालु खर्च शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ५४.३७ प्रतिशत खर्च भएको छ। पुँजीगत खर्च शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा हालसम्म १९.२४ प्रतिशत मात्रै खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा ५४.८९ प्रतिशत, अर्थात् २ खर्ब ५ अर्ब ९५ करोड २३ लाख, खर्च भएको छ।

everest bank

त्यसैगरी, फागुन मसान्तसम्म सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४९.८९ प्रतिशत मात्र भएको छ। चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो, जसमा फागुन मसान्तसम्ममा ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख उठेको छ।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्यमध्ये ५१.०४ प्रतिशत मात्र संकलन भएको छ। गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख लक्ष्यमध्ये ४५.७८ प्रतिशत असुली भएको छ। वैदेशिक अनुदानको अवस्थालाई हेर्दा, चालु आवका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको अनुदान पाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा २४.७८ प्रतिशत, अर्थात् १३ अर्ब २४ करोड ५० लाख, मात्र प्राप्त भएको छ।

पुँजीगत खर्चको ढिलो प्रवाह र राजस्व संकलनको लक्ष्यभन्दा कम असुलीले विकास निर्माणमा ढिलाइ र बजेट व्यवस्थापनमा चुनौती उत्पन्न गरिरहेको जानकारहरुको भनाई छ। तथापि चालु खर्च र वित्तीय व्यवस्थामा अपेक्षित खर्च स्तर नजिक पुगेकोले दैनिक प्रशासनिक कार्यमा स्थिरता भने कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?