National life
cg eloctronics

बजारबाट फेरि ३५ अर्ब झिक्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
510Shares
बजारबाट फेरि ३५ अर्ब झिक्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज (बुधबार) फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

यसका लागि आज दिउासो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको सूचनामा उल्लेख छ । बजारमा आवश्यकभन्दा धेरै पैसा भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन (व्यवस्थापन गर्न) राष्ट्र बैंकले आज उल्लिखित रकम झिक्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि झिक्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?