National life

बरुण हाइड्रोपावरको खुद नाफामा ९७ प्रतिशतले गिरावट ,वित्तीय सूचक राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
526Shares
बरुण हाइड्रोपावरको खुद नाफामा ९७ प्रतिशतले गिरावट ,वित्तीय सूचक राताम्य
ncell

कठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा, बिद्युत बिक्री नाफा लगायतका प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको छ । यो अवधिमा कम्पनीको खुद नाफा ९७ दशमलव ३१ प्रतिशतले घटेर तीन लाख एक हजार रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

Royal Enfield
nic asia capital
कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण खुद नाफा प्रभावित भएको हो । यस अवधिमा कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी ९५.६२ प्रतिशतले घटेर ३४ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ०६ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?