काठमाडौँ। बक्यौता रकम भुक्तानीको माग गर्दै उखु किसानहरू फेरि राजधानीमा आन्दोलन थालेका छन् । उनीहरूले राजधानीको माइतीघरमा उखुसहित धर्नामा बसेका हुन्। प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आजदेखि धर्नामा बसेका हुन्।
उखु उत्पादक महासंघ नेपालले गत आ.व.
०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुको अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएको भ्याट खारेज गर्नुपर्ने लगायतका माग गरिरहेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको माग छ । आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूले बताएका छन् ।


































