National life

बलेफि हाईड्रोपावर घाटामा, तेस्रो त्रैमासमै ३२ करोडभन्दा बढी नोक्सानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
560Shares
बलेफि हाईड्रोपावर घाटामा, तेस्रो त्रैमासमै ३२ करोडभन्दा बढी नोक्सानी
ncell

काठमाडौँ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा बेहोरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार यो नोक्सानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २६ करोड ८५ लाख रुपैयाँ थियो ।

Royal Enfield
nic asia capital
यस वर्ष विद्युत बिक्रीबाट आम्दानी घट्दा घाटा थपिएको हो। चालु त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड ६० लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको ६९ करोड ९० लाख रुपैयाँभन्दा कम हो।

कम्पनीले अन्य श्रोतबाट ११ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । तर हाइड्रोपावरको प्रशासनिक खर्च ३ करोड ८३ लाख र वित्त खर्च मात्रै ४३ करोड २० लाख रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ रकम ८६ करोड ८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ। यस अवधिमा कम्पनीको अल्पकालीन कर्जा २७ लाख ५० हजार र दीर्घकालीन कर्जा ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ऋणात्मक १५.९८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ७६.४५ रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?