काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १३ जनाले नियुक्तिको दाबी गरेका छन् ।
उपकुलपतिका लागि पूर्व स्वास्थ्य सचिव रोशन पोखरेल, पदावधि सकिएका ज्ञानेन्द्र गिरी, रेक्टर प्राडा सञ्जीवकुमार शर्मा, पूर्व मेडिकल डाइरेक्टर प्राडा गौरीशङ्कर शाह, पूर्व कामु उपकुलपति प्राडा प्रह्लाद कार्की, प्रतिष्ठानकै नाक कान घाँटी रोग विभाग प्रमुख प्राडा संगितासिंह भण्डारी, हाड जोर्नी विभागका प्राडा पशुपति चौधरी रहेका छन् ।
त्यस्तै, प्राडा कृष्णकुमार राई, विराट मेडिकल कलेजका सर्जन प्राडा रोहितप्रसाद यादव, पूर्वरेक्टर प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा विष्णुप्रसाद शर्मा, मुटु रोग विशेषज्ञ डा.रामेश कोइराला तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादव उपकुलपति बन्ने लाइनमा छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा ४ करोड रुपैयाँ लेनदेन गरेर नियुक्त गरिएका भनिएका उपकुलपति डा.राजकुमार रौनियार ८ लाख घुस लिँदा लिँदै पक्राउ परेको घटनाले थप चर्चित बनाएको थियो ।


































