National life

बैंकदर आशा गरे अनुरुप नबढेपछि थप २० अर्बको निक्षेप संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
435Shares
बैंकदर आशा गरे अनुरुप नबढेपछि थप २० अर्बको निक्षेप संकलन
ncell

काठमाडौं । वित्तीय प्रणालीको अधिक तरलताका कारण अन्तर बैंकदर आशा गरे अनुसार बढ्न सेको छैन् । तैपनी केन्द्रीय बैंकले बिहीबार अर्थात आजपनि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले मंसिर २८ गते निष्कासन गरेको २० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन बिहीबार १४ दिन अवधिमा परिपक्क गरिदै छ। उक्त २० अर्बमा बैंक वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि केन्द्रीय बैंकले २ अर्ब २५ करोड रुपैयाँ बरावर मात्रै निक्षेप लिएको थियो ।

Royal Enfield
nic asia capital

उक्त रकम पनि परिपक्क हुने भएपछि वित्तीय प्रणालीमा तरलता बढ्ने र अन्तर बैंक दर नघट्ने सम्भावना उच्च देखेपछि केन्द्रीय बैंकले बिहीबार पनि २० अर्ब बराबरको ७ दिने निक्षेप संकलन गर्ने बैंकले जनाएको छ । गत बुधबार मात्रै केन्द्रीय बैंकले ३५ अर्बको निक्षेप संकलन गरेको थियो ।

गत बुधबार केन्द्रीय बैंकले माग गरेको ३५ अर्बको निक्षेपका लागि १८ बैंक वित्तीय संस्थाले ७८ आवेदन मार्फत ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको माग गरेका थिए। यसको औसत ब्याजदर २.८५९४ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । हाल अन्तर बैंकदर २.५८ प्रतिशतमा रहेको छ।

केन्द्रीय बैंकले गत मंसिर ६ गते देखि पुस ११ सम्म १४ पटक निक्षेप संकलन गरिसकेको छ । यो अवधिमा केन्द्रीय बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनको माग गरेको थियो ।

त्यसमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३२ अर्ब रुपैयाँ मात्र निक्षेप संकलनमा लगानी गरेका थिए । त्यसमध्ये पनि एक खर्ब २५ अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग छ । बाँकी रकम भने परिपक्क भएपछि बैंक वित्तीय संस्थामा फिर्ता भइसकेको छ।वित्तीय प्रणालमिा अधिक तरलता भएपछि अन्तर बैंक दर घट्छ ।

अन्तर बैंक दर धेरै नघटोस् भनेर वित्तीय प्रणालीको तरलता खिच्न अल्पकालिन अवधिका लागि केन्द्रीय बैंकले निक्षेप संकलन गर्छ । ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमाको रुपमा बैंकदर ७ प्रतिशत तोकिएको छ । त्यसैगरी नीतिगत दरको रुपमा रिपोट रेट ५.५ प्रतिशत तोकिएको छ । वित्तीय प्रणालीमा तलरलता संकुचन भई अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथी गएको खण्डमा रिपो मार्फत केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्ने ब्यवस्था मौद्रिक नीतिमा छ ।

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?