National life

बैंकर्स संघको आकस्मिक बैठक: धितो विषयमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
496Shares
बैंकर्स संघको आकस्मिक बैठक: धितो विषयमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष
ncell

काठमाडौं । ‘प्रभु बैंकका सिनियर डीसीओ समेत रहेका सेन्चुरी बैंकका पूर्व सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम लगायत १० बैंकरलाई प्रहरीले पक्राउ गरेसँगै आज बुधबार बिहान नेपाल बैंकर्स संघको आकस्मिक पूर्ण बैठक बसेको छ ।

धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष निकाल्दै बैंकर्स संघले गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा जानकारी गराउने बैठकमा निर्णय गरेको छ ।

संघले राष्ट्र बैंकलाई जानकारी गराएपछि र प्रहरी र गृहमन्त्रालयलाई धितोका बारेमा ब्रिफिङ गरे पुनस् बैठक बसेर कानुन संशोधनका लागि सुझाव दिने निष्कर्षसहित बैठक टुंगिएको संघले जानकारी दिएको छ।

तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

Royal Enfield
nic asia capital

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?