National life
cg eloctronics

बैंक,वित्तीय संस्थाको सहभागीतामा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
669Shares
बैंक,वित्तीय संस्थाको सहभागीतामा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै
muktinatha bikash bank

काठमाडौँ । राष्ट्रिय व्यावसायिक पहलको चौथो उत्तरदायी व्यवसाय सम्मेलन मङ्सिर २१ र २२ गते काठमाडौँमा हुने भएको छ ।

२०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण हायात रिजेन्सीमा हुने आयोजकको भनाई छ । एडप्टिङ टु इमर्जिङ विजनेस रियालिटिज’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू रहने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहने छन् ।

वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी र नवीकरणीय ऊर्जा सम्बन्धी विषय रहने र अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालसहित भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ताहरू रहने कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने आयोजक राष्ट्रिय व्यावसायिक पहलले जानकारी दिएको छ ।

everest bank

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षण लगायत विभिन्न कारणले उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन तथा अनुकूल गर्नु पर्ने आवश्यकता गहन बन्दै गएकाले यो सम्मेलन सान्दर्भिक हुने आयोजकको विश्वास छ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?