National life

बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन, अन्तर बैंक ब्याजदर कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
858Shares
बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन, अन्तर बैंक ब्याजदर कति छ ?
ncell

काठमाण्डौं। बैंकिङ प्रणालीमा आएको अधिक तरलता अझैसम्म कायमै रहेको छ। जेठ ३१ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ।

जेठ ३० गतेसम्म ६२ खर्ब ३५ अर्ब रुपैयाँ भने बैंकिङ प्रणालीमा निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ।

गत जेठ ३० गते ५५ खर्ब १९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्बले बढेर ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले बढेको छ। जेठ ३१ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत जेठ ३० गतेसम्म ५१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ३१ गतेसम्म भने ५१ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । जेठ ३१ गतेसम्म सीडी रेसियो ८०.१४ बाट घटेर ८०.०८ प्रतिशत कायम भएको छ । अन्तर बैंक ब्याजदर २.९७ प्रतिशतबाट घटेर २.९५ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?