National life

भदौ महिनामा मात्रै ९ हजार बढीले त्यागे बीमा पोलिसी, कुनको सरेण्डर कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
502Shares
भदौ महिनामा मात्रै ९ हजार बढीले त्यागे बीमा पोलिसी, कुनको सरेण्डर कति ?
ncell

काठमाडौं । एक महिनामा ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनामा मात्रै ९ हजार बढीले बीमा पोलिसी त्यागेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार भदौ महिनामा ९ हजार ३८६ जनाले १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत साउन महिनामा ९ हजार ७९८ जनाले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन महिनाको तुलनामा भदौ महिनामा बीमा पोलिसी सरेण्डर कम भएको देखिएको छ । गत साउनको तुलनामा पोलिसी सरेण्डर १० करोड रुपैयाँ बराबरले कमी हो ।

प्राधिकरणको तथ्याङक अनुसार पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएता पनि गत साउनको तुलनामा भदौमा भने केही कमी आएको देखिएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा राष्ट्रिय बीमा संस्थानको ११ हजार ३४ जना बीमितहरुले ९ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् ।

नेशनल लाइफको ६९९ जना बीमितहरुले १० करोड ५९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । नेपाल लाइफको २५ हजार ४२ जनाले ४० करोड ३९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका १८ सय २३ जना बीमितहरुले २७ करोड ५८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ३९१ जना बीमितहरुले ३ करोड ६९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७५८ जना बीमितहरुले ४ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका ४१ जना बीमितहरुले ४७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १५९ जना बीमितहरुले १ करोड २३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ९५९ जना बीमितहरुले ८ करोड ४३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ८४ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका ४० जना बीमितहरुले ४० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १४२ जना बीमितले ७२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका २०३ जना बीमितहरुले १ करोड ६३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ४११ जना बीमितहरुले ७ करोड ३१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?