काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दुई महिनामा सात अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले गत वर्षको तुलनामा १० प्रतिशत व्यवसाय वृद्धि गर्दै पौने आठ अर्ब पुर्याएका छन् ।
सार्वजनिक तथ्याङ्क अनुसार सलिको सबैभन्दा अगाडि रहेको छ । कम्पनीले उक्त अवधिमा एक अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।
उक्त अवधिमा क्रमशः शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ युनाईटेड अजोडले ४५ करोड, आईजिआई प्रुडेन्सियलले ५८ करोड, सानिमा जिआईसीले ३९ करोड, हिमालयन एभरेष्टले ६० करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले २९ करोड ४१ लाख प्रिमियम संकलन गरेको छ ।
साथै, नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ।



































