National life

भदौ महिनामा मुद्रास्फीति १.८७%, विदेशी सञ्चिति र आर्थिक गतिविधिमा वृद्धि (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.3kShares
भदौ महिनामा मुद्रास्फीति १.८७%, विदेशी सञ्चिति र आर्थिक गतिविधिमा वृद्धि (पूर्णपाठ)
ncell

काठमाडौँ : नेपाल राष्ट्र बैंकले भदौ महिनाको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको जनाएको छ। मङ्गलबार राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

राष्ट्र बैंकका तथ्याङ्क अनुसार, कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जसमा अमेरिकी डलर २० अर्ब ४१ करोड रहेको छ। बैंकले जनाएको छ कि यो सञ्चिति १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

Royal Enfield
nic asia capital

चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ। विदेशी विप्रेषणको आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशत वृद्धि भई भदौ महिनामा कुल विप्रेषण १ खर्ब ७४ अर्ब ६७ करोड पुगेको छ।

आर्थिक गतिविधिमा निर्यात ८८.६ प्रतिशत र आयात १६.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल सरकारले १ खर्ब ८० अर्ब १७ करोड खर्च गरेको छ भने राजस्व परिचालन १ खर्ब ५७ अर्ब ५३ करोड रहेको छ।

विस्तृत मुद्राप्रदायमा पनि वृद्धि देखिएको छ। विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १२.४ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन भदौ महिनामा ०.५ प्रतिशत, निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ। वार्षिक वृद्धिदर अनुसार, निक्षेप १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.८ प्रतिशत पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत, ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत, वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?