National life

मंसिर महिनाका लागी सर्वाधिक ब्याजदर दिने यी बैंकहरु, कुनले कति दिदैछन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
463Shares
मंसिर महिनाका लागी सर्वाधिक ब्याजदर दिने यी बैंकहरु, कुनले कति दिदैछन ?
ncell

काठमाडौँ । मङ्सिर महिनाको १ गतेदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जस अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

साधारण बचत खातातर्फ तीन वटा बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याज पाइन्छ ।

                               व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले तोकेको ब्याजदर

बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर % 
कृषि विकास ५.७५ ५.५३
राष्ट्रिय वाणिज्य ५.८ ६
नेपाल एसबीआई ६ ६
लक्ष्मी सनराइज ६ ५.५
ग्लोबल आईएमई ६.२५ ५.७५
कुमारी ६.०१ ५.७१
प्राइम कमर्सियल ६ ५.७५
नेपाल ५.९५ ५.९५
सानिमा ६.१५ ६.१५
सिटिजन्स ५.७५ ५.६५
नबिल ६.२५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ ६ ६
स्टान्डर्ड चार्टर्ड ६.५ ६.२५
माछापुच्छ्रे ७ ६
प्रभु ६.१ ६.१
एनएमबी ६.५ ५.५७
एनआईसी एसिया ६.९९ ६.७९
हिमालयन ६.२५ ६.२५
एभरेस्ट ६ ६
nic asia capital
 

त्यस्तै,एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम २.५० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो। साधारण बचत खातामा भने १२ वटा बैंकको ब्याज ३.०० प्रतिशत कायम छ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खाता अन्तर्गत सिटिजन्स बैंकले ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । यो नै व्यक्तिगत मुद्दतीतर्फ सर्वाधिक ब्याजदर हो । यो खातामा एभरेस्ट र एनएमबि, राष्ट्रिय वाणिज्य र बैंकले सबैभन्दा कम ४.०० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

त्यस्तै, संस्थागत मुद्दती खाता अन्तर्गत माछापुच्छ्रे बैंकले निर्धारण गरेको ४.३० प्रतिशत ब्याजदर सर्वाधिक छ । यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले तोकेको ३.३० प्रतिशत ब्याज नै सबैभन्दा धेरै देखिएको छ। यता, कृषि विकास बैंकको सबैभन्दा कम २.५० प्रतिशत ब्याजदर कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?